नेकपा (माओवादी केन्द्र) संविधान संशोधनको पक्षमा – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१
2.5K
SHARES

८ फागुन धरान । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।ममाओवादी केन्द्र धरान उपमहानगर समितिले बिहीबार (फागुन ८) आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ ।”उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । सामाजिक र आर्थिक रूपान्तरण नै समृद्धिको आधार रहेको उनले उल्लेख गरे ।

लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रूपान्तरण आवश्यक रहेको उनले बताए । सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले स्थानीयवासीका माग सम्बोधन गरेर ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गरिनुपर्ने बताए । वार्ताकै माध्यमबाट विवाद समाधान गरिनुपर्ने उनले जोड दिए ।