अनुदान फर्किनुमा दाता नै जिम्मेवार – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१
2.2K
SHARES

९ फागुन काठमाडौँ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले विदेशी अनुदानका कार्यक्रमको झन्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको उल्लेख गरेको छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुदानलाई फ्रड भनेको विषयमा प्रतिक्रिया दिँदै उनले भनेका छन्– ‘विदेशी अनुदानका कार्यक्रमको झन्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुट्न पनि उनले आह्वान गरेका छन् ।