निर्यात झण्डै दोब्बरले बृद्धि


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१
2K
SHARES

१५ फागुन वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै रु १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका सानारठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । “गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ”, उनले भने ।