मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १५ २०८१
2K
SHARES
१५ फागुन हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
हेटौँडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फागुन १४ गते साँझ ६:३० मा सल्लाघारीको भित्री सडकखण्डमा (विजय पथ) रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्कर दिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट