वडाध्यक्ष मुखियाको निधन


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१
2.4K
SHARES

१८ फागुन रौतहट । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज (फागुन १७) बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएका थिए ।