४ अर्ब लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१
1.6K
SHARES

१८ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।यो मुद्दति निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।