खराब कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्यायो
१९ फागुन काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो खराब कर्जालाई मध्यनजर गर्दै कर्मचारीको रकम निक्षेप राख्ने सर्तमा परिवर्तन गरेको छ। अब खराब कर्जा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशतसम्म पुगेका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको निक्षेप आकर्षित गर्न पाउने भएका छन्।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा दर निरन्तर बढ्दै गएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकले कर्मचारीहरूको मुद्दती निक्षेप राख्न सक्ने वित्तीय संस्थाहरूको सीमा बढाएको हो। यसअघि ५ प्रतिशतसम्मको खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र यो सुविधा उपलब्ध थियो। तर, अब ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको रकम आकर्षित गर्न पाउनेछन्।