हृदयघात भएपछि पारस शाह अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१
2.6K
SHARES

१९ फागुन काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई हृदयघात भएको अस्पताल स्रोतले जानकारी गराएको छ । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बेलुका भर्ना भएका थिए ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार आइतबार नै उनको एनजीओप्लास्ट गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो ।