भोलिको बैठकमा अनिवार्य उपस्थित हुनु – कांग्रेस


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१
2K
SHARES

२० फागुन काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरु भोलि बस्ने बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको छ।भोलिको बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले कांग्रेसले पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई म्यासेज पठाएका छन्।

जसपा नेपालसँग भूमिबाहेक अन्य पाँच अध्यादेश निर्णयार्थ पेश गर्ने सहमति भएपछि सरकारले भोलि सदनमा पेश गर्दैछ। भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि सरकारले अध्यादेश निर्णयार्थ पेश गर्न ढिलाइ गरेको थियो।