कुमारी बैंकका ग्राहकले के.ल्याबको सेवामा आकर्षक छुट पाउने


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१
2.3K
SHARES

२१ फागुन काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के.ल्याब) बिच सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ ।

यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ।कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु संचालनमा रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।