स्वास्थ्य बिमा लागू गर्न कडाइ आवश्यक – मन्त्री पौडेल
२१ फागुन रूपन्देही । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब व्यक्तिले गोजीबाट रकम निकालेर उपचार गराउने समय समाप्त हुने बताउँदै बिमा कार्डबाट उपचार सुनिश्चित गर्न कडाइ गर्नुपर्ने बताएका छन्।
आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राखे।
‘स्वास्थ्य राज्यको मात्रै दायित्व हो । अहिलेसम्म यो पहिलो प्राथमिकतामा परेन । सरकारी अस्पतालमा दरबन्दी बढेनन् निजी क्षेत्र फराकिलो बने । स्वास्थ्यलाई राज्यले जिम्मेवारी लिनुपर्छ अब । केही सुधारका काम भएको छन् ।’