मन्त्रिपरिषद्को बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१
1.8K
SHARES

२१ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दिपक खड्कामार्फत पटकपटक स्पष्टीकरण सोधिसकेको छ । अन्तिम स्पष्टीकरणको जवाफमा घिसिङले आफूलाई मन्त्रिपरिषद्ले मात्र हटाउन सक्ने जवाफ फर्काएका छन् ।सचिवालय स्रोतले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विषय रहे/नरहेको खुलाएन ।