भिपिएनबाट मोबाइल बैंकिङ चलाउन नपाइने


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
3.2K
SHARES

२२ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाका ग्राहकले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गरी मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ चालाउन नपाउने भएका छन्। राष्ट्र बैंकले परिपत्र जारी गर्दै भिपिएनको प्रयोग गरी इन्टरनेट तथा मोबाइल बैंकिङ कारोबार गर्न नपाइने व्यवस्था गरेको जानकारी दिएको हो।

बुधबार राष्ट्र बैंक भुक्तानी प्रणाली विभागद्वारा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले भिपिएन प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारी भिपिएनको प्रयोग नभए ‘लगइन’ गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

जसका लागि बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरूको नियमित रुपमा ‘डिसी-डिआर ड्रिल’ गर्नुपर्ने छ। डिसी-डिआर ड्रिल भनेको डाटा सेन्टर डिजाष्टर रिकभरी अभ्यास हो।डिसी-डिआर ड्रिलमा आकस्मिक समस्या आउँदा सुरक्षित गर्ने काम हुन्छ। यस्तो डिसी-डिआर ड्रिल कम्तीमा २ वर्षमा एक पटक बैंकहरूले अनिावार्य गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। डिसी-डिआर ड्रिल सम्पन्न गरेको १५ दिनभित्र राष्ट्र बैंकमा प्रतिवेदन पेश गर्नुपर्ने छ।