नेप्से २,८०० विन्दु तल


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2.7K
SHARES

२५ फागुन काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.३३ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार २,८०० विन्दु माथि रहेको परिसूचक आज २,८०० विन्दु तल बन्द भएको हो । आज १० अर्ब नौ करोड ३६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस दिन २४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २१७ कम्पनीको सेयरमूल्य घटेको छ । छ्याङ्दी हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य स्थिर छ ।

गार्गियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८३९ रुपैयाँ ४० पैसा कायम भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् ।