सामान्य बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २६ २०८१
1.7K
SHARES
२६ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट