५.६ प्रतिशतको कर्जा विस्तार


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
2.5K
SHARES

२८ फागुन काठमाडौं । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब ८३ अर्ब ४६ करोड (५.६ प्रतिशत)ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.१ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आव ०८१/८२ को पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा हेर्ने हो भने चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप दुई खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत)ले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको छ ।