मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन २८ २०८१
1.7K
SHARES
२८ फागुन काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४०प ५३०६ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट