काठमाडौंमा अपराह्नपछि वर्षा हुने


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
2.6K
SHARES

२८ फागुन काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् विनु महर्जनका अनुसार आज काठमाडौंमा वर्षा हुनेछ । “आज दिनभर काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुनेछ,” उनले भनिन्, “अपराह्नपछि काठमाडौंका केही स्थानमा हल्का वर्षा हुनेछ ।”

दिउँसो २ बजेपछि खण्डवृष्टिको सम्भावना रहेको हो । हिजो पनि काठमाडौंमा केही स्थानमा छिटपुट वर्षा भएको थियो । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।