प्रचण्ड आज दिनभर रुपन्देहीमा


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
2.4K
SHARES

२८ फागुन रुपन्देही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा रहने भएका छन् ।प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन् भने दिउसो मगर मुक्ति मोर्चाको सभामा सम्बोधन गर्नेछन् ।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।