बारपाक सुलिकोट जिल्लाकै प्रथम


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
2.2K
SHARES

२८ फागुन काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा जारी स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा बारपाक सुलिकोट गाउँपालिकाले जिल्लामा प्रथम स्थान हासिल गरेको छ।माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकाको नेतृत्व अध्यक्ष विष्णु भट्टको गरेका छन् । बारपाक सुलिकोटले आयोगको मूल्याङ्कनमा ७०.८२ अंक प्राप्त गर्दै जिल्लाका ११ स्थानीय तहहरूमा पहिलो स्थान हासिल गरेको हो।गाउँपालिकाको विकास, पारदर्शिता र सेवा प्रवाहमा कारण पालिकाले यो उपलब्धि हासिल गरेको पालिका अध्यक्ष भट्टले बताए ।

“स्थानीय सरकारको प्रतिबद्धता, कर्मचारीहरूको परिश्रम र जनताको सहयोगकै कारण यो उपलब्धि हासिल भएको हो,” अध्यक्ष भट्टले भने । साथै उनले आगामी दिनमा गाउँपालिकालाई अझ व्यवस्थित र समृद्ध बनाउन निरन्तर मेहनत गरिने प्रतिबद्धता समेत व्यक्त गरे।स्थानीयवासीले पनि गाउँपालिकाको यो प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा राखेको बताएका छन्।