यी १० देशमा विश्वका सबैभन्दा धेरै धनाढ्यको बसोबास


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
3.3K
SHARES

२८ फागुन काठमाडौं । तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा धेरै धनाढ्य बसोबास गर्ने देश कुन हो ? सबैभन्दा धनाढ्य भन्नाले ती व्यक्ति हुन्, जसको कुल सम्पत्ति ३ करोड डलर बढी छ।अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र त्यहाँ धनाढ्यको संख्या सबैभन्दा बढी छ। अमेरिकामा ३ करोड डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिको संख्या २ लाख २५ हजार ७७ रहेको छ। त्यसो त विश्वकै शीर्ष १० धनाढ्यमध्ये ९ जना अमेरिकाका छन्।

यो सूचीमा चीन दोस्रो स्थानमा छ। हालका वर्षहरुमा त्यहाँ मानिसको सम्पत्ति उल्लेखनीय रुपमा बढेको छ। चीनमा ३ करोड डलरभन्दा बढी सम्पत्ति भएका मानिसको संख्या ९८ हजार ५५१ छ।यसैगरी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा त्यस्ता धनाढ्यको संख्या २९ हजार २१ छ भने क्यानडामा २७ हजार ९२८ रहेको छ।

यो सूचीमा फ्रान्स पाँचौँ नम्बरमा छ। त्यहाँ २४ हजार ९४१ धनाढ्य व्यक्ति छन्। त्यसपछि बेलायत (२३ हजार ७२), जापान (२१ हजार ७१०), इटाली (१५ हजार ९५२), अस्ट्रेलिया (१५ हजार ३४७) र स्विट्जरल्यान्ड (१४ हजार ७३४) छन्।