महानिर्देशक डा. बाराकोटीले सम्हाले कार्यभार
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १ २०८१
5.6K
SHARES
१ चैत काठमाडौं । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. टंक बाराकोटीले कार्यभार सम्हालेका छन् । उनले शुक्रबारबाट कार्यभार सम्हालेका हुन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तीन दिनअघि नै बाराकोटीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेका थिए । तर, उनले नियुक्तिपत्र पाएका थिएनन् ।
डा. बाराकोटी मन्त्रालयका १२औँ तहका अतिरिक्त सचिव हुन् । यसअघिका महानिर्देशक डा. विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएसँगै महानिर्देशक पद रिक्त थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट