एमाले सचिवालय बैठक आह्वान


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१
7.1K
SHARES

१ चैत काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । यही चैत ४  गते सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

सचिव डा. अधिकारीका अनुसार, उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।