आज समाजवादी मोर्चाले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २ २०८१
1.9K
SHARES

२ चैत काठमाडौँ । समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि शुक्रवार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको थियो ।

बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारीमा मोर्चा रहेको बताए ।

उनले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको विश्वकर्माले जानकारी दिए ।