मिर्गौला र क्यान्सर पीडितलाई सहयोग बढाऔँ- उपमहासचिव शर्मा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१
2.4K
SHARES

३ चैत काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन सुझाए ।

“पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा दिने बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊँ,” उनी भन्छन्, “मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ ।”उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न र भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।