राष्ट्रपतिले गरे ४ विधेयक प्रमाणीकरण
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र ३ २०८१
3.1K
SHARES
३ चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरू राष्ट्रपतिबाट आइतबार प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।
प्रमाणीकरण गरिएका विधेयकहरूमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्ने बनेको विधेयक, ई-कमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधित विधेयक रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट