निजीकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र ३ २०८१
2.7K
SHARES
३ चैत काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तत गरेका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सांसदहरूले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नसक्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट