मन्त्रिपरिषद् बैठक बस्दै, आइजीपीमा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१
4.5K
SHARES

४ चैत काठमाडौं । आज नियमित मन्त्रिपरिषद् बैठक बस्दैछ ।सोमबार अर्थात् आज बस्ने बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) नियुक्तिको विषयलाई टुंगो लगाउनेछ ।

आजदेखि प्रहरी महानिरीक्षक वसन्त कुँवरको सेवाअवधी पुरा हुने भएकाले नयाँ आइजीपी नियुक्ति बैठकको मुख्य एजेण्डा रहेको छ ।

आजको बैठकले आइजीपी को हुने भन्ने विषय टुंगो लगाउने उच्च स्रोतले जनाएको छ । तर कसलाई आइजीपी बनाउने भन्ने बताइएको छैन ।

हाल नयाँ आइजीपीका लागि एआइजीत्रय दिपक थापा, सुदिप गिरी र टेक तामाङको नाम चर्चामा रहेको छ ।