सेयर बजार २६ सयको विन्दुमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
1.8K
SHARES

५ चैत काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ । आइतबार २१, सोमबार १० अंक घटेको बजारमा आज सात अंकले घटेको हो । आज नेप्से ७.६६ अंक घटेपछि २,६९७.०४ विन्दुमा झरेको छ ।

आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबारमा पाँच अर्ब ८० करोडको सेयर किनबेच भएको थियो ।

मिथिल्ला लघुवित्त, हिमालय पावर पाटनर्स, भूगोल इनर्जी, पाँचथर पावर, धौलागिरी लघुवित्तको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।समूहगत सचूकतर्फ अन्य इन्डेक्स ०.११ प्रतिशत बढ्दा बाँकी समूहको सेयरमूल्य घटेको छ ।