पाटन क्याम्पसको लफडामा ४ जना घाइते


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
2.2K
SHARES

५ चैत काठमाडौं । स्ववियु निर्वाचनमा धाँधली गरेको भन्दै विद्यार्थी नेता-कार्यकर्ताबीच पाटन क्याम्पसमा लफडा भएको छ । सोक्रममा अनेरास्ववियुका ४ जना घाइते भएका छन् । अनेरास्ववियुका कार्यकर्ता र स्थानीयले धाँधली र फर्जी कार्डकाविरुद्ध कुरा उठाएपछि नेविसंघका नाममा गुण्डाहरूले रड, धारिलो हतियार र ढुङ्गा समेतले आक्रमण गरेको एमालेनिकट अनेरास्ववियुको आरोप छ ।

आक्रमणबाट दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राई घाइते भएका छन् । अहिले मतदान रोकिएको छ ।अनेरास्ववियुका अध्यक्ष समीक बडालले फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कारवाहीको माग गरेका छन् ।