नेप्से निरन्तर ओरालोतर्फ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ६ २०८१
2.7K
SHARES

६ चैत काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको  चौथो कारोबार दिन पनि घटेको छ । नेप्से परिसूचक बुधबार १४.८८ अंक घटेको हो । यससँगै बजारमापक २६८२.१५ विन्दुमा कायम छ । आइतबारदेखि बजार निरन्तर ओरालो लागेको बजार बुधबारसम्म कायम छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको मूल्य स्थिर रह्यो ।

पाँच अर्ब १४ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । मिथिला लघुवित्त, गरिमा समृद्धि योजना, भूगोल इनर्जी, ग्रिन डेभलपमेन्ट बैंकलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

सामुदायिक लघुवित्त, हिमालयन पावर, स्वेत–गंगा हाइड्रो, सेन्ट्रल फाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रो उच्च गुमाउने कम्पनीको शीर्ष स्थानमा रहे ।समूहगत उपसूचकतर्फ होटेल तथा पर्यटन, म्युचअल फन्ड, व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।