सूचीकृत भयो श्री केश


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १० २०८१
4.4K
SHARES

१० चैत काठमाडौँ । श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ । सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो ।

२०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको थियो । सोही अनुसार श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल विभागमा सूचिकृत भएको हो ।

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल मात्रै होइन, अब नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरू अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेछ ।

विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ ।यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ ।

बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो । विभागले अव्यवस्थित बजारलाई व्यवस्थापन र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।नेपालमा पछिल्लो केही वर्षदेखि सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले विभिन्न आयुर्वेदिक सामाग्रीहरू उत्पादन गरिरहेको छ । मानव स्वास्थ्यमा हानी नपुग्ने जडीबुटीजन्य उत्पादनलाई यस कम्पनीले प्राथमिकता दिएको छ ।नेपालमै आफ्नो कम्पनी स्थापना गरेर नेपालकै जडीबुटीको प्रयोग गरेर  श्री केश तेल बनाइएको कम्पनीको भनाइ छ ।