गभर्नर नियुक्तिमा तीन सदस्यीय समिति गठन


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१
1.8K
SHARES

१२ चैत काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्नका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन सदस्यीय समिति गठन गरेको हाे ।  मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।