नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१
1.5K
SHARES

१२ चैत काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा बुझाएका हुन् ।

सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । ‘राजीनामा दिएको २र३ भयो,’ उनले भने । ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार मानिएको छ ।