बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१
2K
SHARES

१३ चैत काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । यससँगै सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १९ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।