राजावादीले गाडीलाई नै हतियारको रूपमा प्रयोग गरे – प्रहरी प्रवक्ता
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
1.9K
SHARES
१५ चैत काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले राजावादीहरूले गाडीलाई नै हतियारको रूपमा प्रयोग गरेको बताएका छन्। शुक्रबार तीनकुनेमा दुर्गा प्रसाईले नै प्रहरीमाथि लक्षित गरी गाडी हुइँकाएका हुन्।
‘उनीहरूले आगजनी पनि गर्न खोजेका छन्। गाडीलाई हतियारको रूपमा प्रहरीमाथि नै चलाउन खोजेका छन्। दुर्घटना गराउने प्रयास गरिरहेका छन्,’ आचार्यले भने। प्रदर्शनकारीले निजी घरमा समेत तोडफोड र आगजनी गरेका छन्। यस्तै प्रहरीले पनि बल प्रयोग गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट