उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ – प्रहरी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
2.7K
SHARES

२० चैत काठमाडौं । नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, प्रहरीले चैत १५ गते (शुक्रबार) दिउँसो २:५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे ।

“स‍बै उत्तेजित भिडका कारण घटेको घटना हो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो,” घटनाबारे जानकारी दिन बुधबार प्रहरी क्लब भृकुटीमण्डमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी आचार्यले भने ।

राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो ।अनावश्यक बल प्रयोग गरेको भन्दै कतिपयले प्रहरीको आलोचना गरिरहेका छन् ।