चैती छठ सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१
2.4K
SHARES

२२ चैत धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व  सम्पन्न भएको छ ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चैती छठ सम्पन्न भएको छ ।

छठपर्वको विशेषता यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नु हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गंगासागर, अंगराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।