वन जङ्गलमा डढेलोको प्रकोप
२४ चैत रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटबिरुवा मात्र नभई जनावरहरूसमेत प्रभावित भएका छन् ।
जंगली जनावरहरू डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरू बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानीय विकाश सुबेदीले बताए । उनका अनुसार वन जङ्गलमा डढेलो सँगै हिउँदमा वन्यजन्तु चोरी निकासी प्रमुख समस्या देखिन्छ ।
डढेलोले जंगली जनावरहरू वासस्थान छाडी बस्ती आसपास र राजमार्गमा देखा पर्ने गरेकाले सिकारीहरूलाई समेत वन्यजन्तु सिकार गर्न सजिलो भएको उनको भनाइ छ ।