तीनकुने हिंसामा मारिएका दुईको परिवारलाई भाटभटेनीको सहयोग


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
2.4K
SHARES

२६ चैत काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ ।भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी मंगलबार बिहान चेक हस्तान्तरण गरेका हुन् । तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई जना युवाको मृत्यु भएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पुर्‍याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए ।त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए ।