ताराखोला गाउँपालिका- ३ का वडाध्यक्ष मृत फेला
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २७ २०८१
3.3K
SHARES
२७ चैत पोखरा । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भैरहेको यादवले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट