चट्याङ लागेर एकजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
2.6K
SHARES

२७ चैत झापा । झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुभोटे स्थायी घर भइ हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।