हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२
2.3K
SHARES

५ वैशाख काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ । हमासले इजरायलले बारम्बार हवाई आक्रमण गरेको आरोप लगाउँदै औपचारिक रुपमा युद्धविराम प्रस्ताव अस्वीकार गरेको हो ।

उक्त समूहले बाँकी रहेका सबै बन्धकको रिहाइ र प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा युद्ध अन्त्य गर्ने सम्झौता गर्न तयार रहेको बताएको छ ।हमासका प्रमुख वार्ताकार खलिल अल–हय्याले भिडियोमार्फत वक्तव्य जारी गरेका छन् ।

“इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको राजनीतिक एजेन्डासँग मेल खाने कुनै पनि सम्झौतालाई हामी स्वीकार गर्दैनौं,” उनले भने । इजरायलको नयाँ सम्झौतामा १० जना बन्धकको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको माग गरिएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको जनाएको छ ।यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बताएको छैन ।