धमिलो पानीमा माछा मार्ने दुस्साहस हुँदैछ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२
3K
SHARES

६ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कहीँ न कहीँ आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन्।

उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताए।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए।

उनले राजावादीहरूलाई लक्षित गर्दै भने, ‘तपाईँहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ। त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन्। त्यो सफल हुने छैन।’उनले प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन आह्वान गरे।