सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ, हामीले ढल्दैन है भनिरहनु परेको छ- गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२
2.9K
SHARES

६ वैशाख पोखरा । गृहमन्त्री रमेश लेखकले सरकार ढल्दैन भनेर भनिराख्नु परेकाे भन्दै गुनासाे गरेका छन् ।

पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ता साझेदारीमा एमाले-कांग्रेसबीच कुनै समस्या नरहेको बताए ।

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ । एमाले र कांग्रेसबिच कुनै समस्या छैन,’ उनले भने ।गृहमन्त्री लेखकले दुई दलको सहमति कै आधारमा काम गर्ने गरेको सुनाए ।

‘काम गर्दै जादा केही विषय आयो भने त्यसलाई छलफल गर्छौं ।सरसल्लाह गर्छौं । सबै कुरा सहमति मै गर्छौं,’ उनले भने।