गुर्जुको पल्टनलाई अब नेपाल बारले मान्दैन – अध्यक्ष मिश्र


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२
2.6K
SHARES

६ वैशाख काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजय मिश्रले संस्थालाई कमजोर पार्ने अभिव्यक्ति सैह्य नहुने चेतावनी दिएका छन् । पदभार ग्रहण समारोहमा अध्यक्षका प्रतिस्पर्धी रमण श्रेष्ठले बार नेतृत्व सत्ता गठबन्धनको कठपुतली बन्ने आशंका व्यक्त गरेपछि मिश्रले जवाफ दिएका हुन् ।

मिश्रले नेपाल बारले रमण श्रेष्ठका सबै एजेन्डा बोकिसकेको भन्दै विरोधका लागि विरोध गर्ने र बारका भेला कार्यक्रममा सहभागी नहुने जस्तो घोषणा नगर्न सुझाव दिए । उनले बारभित्रको बारको अभ्यास स्वीकार्य नहुने पनि बताए । शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाललगायतका वरिष्ठहरुप्रति लक्षित गर्दै उनले गर्जुको पल्टनजस्तो बारमा अब नहुने प्रष्ट पारे ।