जे गर्छौं भनेरै गर्छौं – अध्यक्ष लिङ्देन


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
2.3K
SHARES

७ वैशाख काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज हुन लागेको आन्दोलन सरकारले तोकेको सीमाभित्र होइन कि आफूहरुले गरेको निर्णय बमोजिम हुने संकेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सरकारले निषेधित क्षेत्र नतोड्न दिएको आदेशप्रति संकेत गर्दै भनेका छन्, “ आज राप्रपाले गर्ने प्रदर्शन भनेको :भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।
वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ ।”