सहकारी पीडित पनि सडकमा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
3.9K
SHARES

७ वैशाख काठमाडौं । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । सहकारी, लघुवित्त, बैंक तथा मीटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन काठमाडौं केन्द्रित आन्दोलनअन्तर्गत पीडितहरुले आज जुलुससहित प्रदर्शन गरेका हुन् । क्षेत्रपाटीस्थित पुरानो गोर्खा हस्पिटलबाट शुरु भएको र्‍याली सोह्रखुट्टे, भ्यालीकोल्ड स्टोर, बालाजु, बिष्णुमती करिडोर, इन्द्राइनी पुल, ढल्खु हुँदै पुन: गोरखा हस्पिटल पुगेर विरोध सभामा परिणत हुने बताइएको छ ।

‘आर्थिक क्रान्तिका लागि जानआन्दोलनमा जुटौँ’ लेखिएको ब्यानर लिएर सडकमा उत्रिएका पीडितहरुले ‘गरिब मार्ने दलालीहरुको अकुत सम्पति जफत गर’, ‘नालायक सरकार, पीडितको घाउमा मल्हम लगाउने काम गर’, ‘ढिलो न्याय दिनु पनि न्याय नदिनु बराबर हो’, जस्ता प्लेकार्ड देखाएका छन् ।न्यायको हात थाप्दै महिनौंदेखि संघर्षरत सहकारी तथा लघुवित्त पीडितको आवाज पछिल्लो समय शिक्षक र राजावादी आन्दोलनका कारण ओझेलमा परेको छ ।