कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाए


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
2.5K
SHARES

७ वैशाख काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । आफू थाइल्यान्ड भ्रमणमा गएपछि पार्टी सभापति शेरबहादुर देउवाले आइतबार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्किएसम्मका लागि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । खड्का केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत हुन् ।