बैंकहरुको औसत आधार दर ५ प्रतिशत


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२
2.2K
SHARES

९ वैशाख काठमाडौं। वाणिज्य बैंकहरुको औसत आधार दर २.३१ प्रतिशत विन्दुले घटेको छ । २०८०÷०८१ को चैतमा औसत ८.६३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर अहिले ६.३२ प्रतिशतमा झरेको हो । अहिले ३ वटा वाणिज्य बैंकको आधार दर साढे ५ प्रतिशतले तल झरेको छ।

स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६ प्रतिशत भन्दा कम छ। स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.०९ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.०२ प्रतिशत र एभरेष्ट बैंकको ५.४५ प्रतिशतमा झरेको छ। पोहोर चैतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३, राष्ट्रिय वाणिज्य बैंकको ७.३१ र एभरेष्ट बैंकको ८.१३ प्रतिशत थियो। एनआईसी एशिया बैंकको आधार दर भने ७.०२ प्रतिशत छ।

आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न सकेको छैन्।

कुन बैंकको बेसरेट कति ?

वाणिज्य बैंक २०८१ चैतसम्मको
आधार दर
२०८० चैतसम्मको
आधार दर
फरक
नेपाल ५.९६ ७.९९ -२.०३
राष्ट्रिय वाणिज्य ५.०२ ७.३१ -२.२९
नबिल ५.९७ ८.३६ -२.३९
नेपाल इन्भेष्टमेन्ट मेगा ६.१ ८.५२ -२.४२
स्टान्डर्ड चार्टर्ड ५.०९ ६.५३ -१.४४
हिमालयन ६.८ ९.८४ -३.०४
नेपाल एसबिआइ ६.७३ ८.९५ -२.२२
एभरेष्ट ५.४५ ८.१३ -२.६८
एनआइसी एशिया ७.२ ८.८६ -१.६६
माछापुच्छ्रे ६.५२ ८.९७ -२.४५
कुमारी ६.७८ ९.६३ -२.८५
लक्ष्मी ६.७२ ९.१२ -२.४
सिद्धार्थ ६.४३ ८.४६ -२.०३
कृषि ६.०९ ८.६८ -२.५९
ग्लोबल आइएमई ६.३८ ८.८४ -२.४६
सिटिजन्स ६.६२ ८.९९ -२.३७
प्राइम ६.८२ ९.२७ -२.४५
एनएमबि ६.४९ ९.१५ -२.६६
प्रभु ६.८२ ८.७५ -१.९३
सानिमा ६.४३ ८.३५ -१.९२
औसत ६.३२१ ८.६३५ -२.३१४